काठमाडौं । प्रहरीले करिब ७० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो।
पक्राउ परेकामा अधिकांश चिनियाँ नागरिक रहेको बताइएको छ ।