हतियारसहित तीन जना पक्राउ

511
  •  
  •  
  •  

रौतहट । रौतहटबाट प्रहरीले हतियारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

राजपुर नगरपालिका ३ मा मंगलबार राति चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •