सात किलो चरेससहित चार जना पक्राउ

479
  •  
  •  
  •  

कैलाली । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्ना रहेका छन् ।
पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।


  •  
  •  
  •