मानव बेचविखनको अभियोगमा एक जना पक्राउ

83
  •  
  •  
  •  

काठमाण्डौं, १ असोज (ओएनएस) : मानव बेचविखनको अभियोगमा एक जना पक्राउ परेका छन् । पिडितहरुको उजुरीको आधारमा सिराहा गौपुर —७ का बयोलाल यादव पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखा,काठमाण्डौंले जनाएको छ ।

ललाई फकाई विदेशमा राम्रो काम लगाईदिने भन्दै भदौ २५ गते एयर अरवियाको उडानबाट नेपाली महिलाहरुलाई अबैध रुपमा भिजिटिङ्ग भिषामा  दुबई पठाउने क्रममा संलग्न रहेको रहेको प्रहरीको दाबी छ । सोही आरोपका मुख्य अभियुक्त पर्सा सुवर्णपुर–७ घर भई काठमाण्डौं वस्ने कृष्ण वि.क.लाई भदौ २६ गते नै पक्राउ गरिसकिएको अपराध महाशाखाको भनाई छ ।

यादवलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •