काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले शुक्रबार मण्डललाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको आयोगले जनाएको छ ।
मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।