चरेससहित पाँच जना पक्राउ

85
  •  
  •  
  •  

बर्दिया । प्रहरीले गुलरीयाबाट चरेससहित पाँच जनालाई पक्राउ गरेको छ ।

पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका(१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका–७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीेले नियन्त्रणमा लिएको हो । उनीहरुले चरेस नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •