विरोध प्रदर्शन गर्ने १२ पक्राउ

71
  •  
  •  
  •  

काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समिटिएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द‘विप्लव’ निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीको ब्यानरमा सो समूहले भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

विप्लव समूहले कार्यक्रमका लागि विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल डे«समै ल्याएका थिए । भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने विप्लव समूहको चेतावनी छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here