घुससहित नायब सुब्बा पक्राउ

62
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुमको मुसिकोटमा कार्यरत एक जना नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको आयोगले जनाएको छ ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार घुस रकम माग्ने गरेको र अन्तिम समयमा १५ हजार रुपैयाँ घुस नदिइकन कागजपत्र नदिने भन्ने सूचना सेवाग्राहीले दिएको आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिक–१ खलंगा स्थित राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here