लागूऔषध मुद्दामा फरार वडाध्यक्ष पक्राउ

86
  •  
  •  
  •  

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर तामाङ पक्राउ परेका छन् ।
लागूऔषध (चरेस) मुद्दामा फरार तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो ।

तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।

अर्का व्यक्ति होमबहादुर तामाङसमेत संलग्न रहेको लागूऔषध (चरेस) मुद्दामा यसअघि तामाङ ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here