व्यवसायी रुप ज्योति पक्राउ

58
  •  
  •  
  •  

काठमाडौं । पूर्व अर्थसहायक मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ज्योतीलाई बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेका ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरले जनाएको छ ।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको थियो ।


  •  
  •  
  •