लागूऔषधसहित पक्राउ

75
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने ३१ वर्षीय गोबिन्द परियारलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

उनीहरुको साथबाट लागूऔषध नुर्फिन ७ एम्पुल, डाईजेपाम १ सय ४ एम्पुल, फेनारगन २४ एम्पुल र लुप्रिजोसिक १४ एम्पुलसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •