आमाछोरीको हत्या आरोपमा पक्राउ

68
  •  
  •  
  •  

उदयपुर । आमाछोरीको हत्यामा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
यहि असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गरेको आरोपमा प्रहरीले विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ८ का ४० वर्षे रामहरी साह रहेका छन् ।  जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार पाँच वर्षअघिदेखि पक्राउ परेका साह र मृतक बच्चीकी आमासँग अवैध सम्बन्धको कारण हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्या गरेको घरको कोठाभि सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ ।


  •  
  •  
  •