बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा सांसद साह पक्राउ

71
  •  
  •  
  •  

काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा प्रतिनिधिसभा सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो ।

ओखलढुंगा जाँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसअघि जनकपुर अदालतले साहबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै उनीविरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका थिए ।

राजपाका सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । जहाजले काठमाडौं ल्याउन नमानेपनि उनी प्रशासनको दवावमा सोही जहाजमा काठमाडौं आएका थिए ।


  •  
  •  
  •