एक किलो नक्कली सुनसहित पक्राउ

  Tweet काठमाडौं । काठमाडौं माछापोखरीबाट एक किलो नक्कली सुनसहित एकजना पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाडौं ठूलो भर्‍याङ बस्ने ४२ वर्षीय राजकुमार बम्जनलाई प्रहरीले पक्राउ गरेको हो । बिक्रिको लागि बार्गेनिङ भइरहेको सूचनाको आधारमा उनलाई नक्कली सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका बम्जनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   Tweet