पेस्तोलसहित पक्राउ

72
  •  
  •  
  •  

सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिका–४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •