माछापोखरीबाट पेस्तोल र गोलीसहित सात जना पक्राउ

272
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको माछापोखरीबाट पेस्तोल र गोलीसहितसात जना पक्राउ परेका छन् ।  प्रहरीले शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पेस्तोलसहित पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।


  •  
  •  
  •