नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पक्राउ

257
  •  
  •  
  •  

काठमाडौं । दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

फाइल तस्बिर

दरबारमार्गस्थित एटिएमबाट शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए । केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो ।


  •  
  •  
  •