विना इजाजत संस्था खोलेको आरोपमा पक्राउ

82
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले विना इजाजत संस्था खोली बालबालिका राखेको आरोपमा काठमाडौं वाफलमा रहेको नमुना प्रगतिशिल महिला समाज नामक संस्थाका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

नागार्जुन नगरपालिका–४ वाफलमा रहेको नमुना प्रगतिशिल महिला समाज नामक संस्थाका सञ्चालक ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जनालाई पक्राउ गरेको हो ।

सो संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरु उद्धार गरेको छ ।

उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •