‘आरक्षण बचाऔँ आन्दोलन’ का अगुवा पक्राउ

254
  •  
  •  
  •  

काठमाडौं । सिंहदरबार घेराउ गर्ने भन्दै काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिरहेका ‘आरक्षण बचाऔँ आन्दोलन’ का अगुवाहरुलाई प्रहरीले पक्राउ गरेका छ ।

लोक सेवा आयोगले संविधान विपरीत विज्ञापन खुलाएको भन्दै आन्दोलन गर्दै आइरहेका अगुवाहरुलाई प्रदर्शन गरिरहेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रदर्शनकारीहरुलाई पटक–पटक माइकबाट सचेत गराएको थियो ।
प्रदर्शनकारीहरुले चर्काे नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए ।

पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, दलमर्धन कामी, कुमार लिंदेन लगायतका १४ जना रहेका छन् ।

लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले विरोध प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरुले लोक सेवा आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।


  •  
  •  
  •