फरार अभियुक्त पक्राउ

231
  •  
  •  
  •  

नवलपरासी(पश्चिम) । संगठित अपराध मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

प्रतिकात्मक तस्बिर

बर्दघाट नगरपालिका–१२ सफईया बस्ने ४१ वर्षीय चैतराम मुसहरलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका–१ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेका ना.५ ख ७७४१ र ना.४ ख ६८२५ नम्बरका २ ट्रकमा आगजनी गरेको तथा २०७६ साउन १६ गते बर्दघाट नगरपालिका–१३ स्थित एमसेल टावरमा बम बिस्फोट गराई क्षति पुर्याएको घटनामा संलग्न रही फरार रहेका मुसहरलाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •