निर्माता ओझा र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी

136
  •  
  •  
  •  

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएसँगै काठमाडौं बुधबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने बताए ।

छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा दर्ता गराएकी हुन् ।  शिल्पा छविकी चौथो पत्नी हुन् । तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए ।

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा आएको थियो ।

प्रहरीमा मिलापत्र भएपनि शिल्पाले सम्बन्ध विच्छेदको प्रकृया बढाएकी थिइन् ।  छवि र हेमाको ३५ वर्षअघि विवाह भएको थियो । श्रीमानसँग अंश लिएपनि संयुक्त परिवारमा बस्दै आएको सम्बन्ध विच्छेद नभएको हेमाको दावी छ । हेमाबाट अलग्गै बस्न थालेका छविले त्यसपछि तीन जनासँग विवाह गरे, सबै चलचित्रकर्मी हुन् ।

दोस्रो विवाह गितान्जली सुनुवारसँग भएको थियो । उनले आत्महत्या गरेकी थिइन् । उनका एक छोरा छन् ।

गितान्जलीको निधनपछि छवि नायिका रेखा थापासँग नजिकिएका थिए । थापासँगको सम्बन्ध १२ वर्षसम्म चलेकाे थियाे ।

हेमाले रेखा र गितान्जलीसँगकाे सम्बन्धबारे आफुसँग कानुनी प्रमाण नभएकाले बहुविवाहको उजुरी गर्न नसकेको बताएकी छन् ।

छविले शिल्पालाई भने, ‘गान्धीबादी भएर बस्न सक्छु’


  •  
  •  
  •