काठमाडौं महानगरपालिकाका नासु घुससहित पक्राउ

230
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा (पाचौँ तह) घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नासु कृष्ण प्रसाद सोती रहेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरेको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरीको आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले सोतीलाई सेवाग्राहीसँग लिएको घुस वापतको रकमसहित कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


  •  
  •  
  •