दुई कर्मचारी घुससहित पक्राउ

506
  •  
  •  
  •  

वीरगञ्ज । बाराका पचरौता नगरपालिकाका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पचरौता नगरपालिकाका योजना शाखाका नासु बद्रीबहादुर थापा र ईन्जिनियर रामप्रकाश सत्तरालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको हेटौंडास्थित क्षेत्रिय कार्यालयबाट खटिएको टोलीले थापा र सत्तरालाई २९ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नासु थापाले सेवाग्राहीसँग योजनाको भुक्तानी टिप्पणी उठाए वापत १४ हजार रुपैयाँ र ईन्जिनियर सत्तराले सेवाग्राहीसँ योजना अनुगमनमा सही गरेवापत १५ हजार रुपैयाँ लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुले सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीहरुलाई कार्याकक्षबाटै घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।


  •  
  •  
  •