चिट्ठासहित भारतीय नागरिक पक्राउ

253
  •  
  •  
  •  

सुरुंगा । प्रहरीले चिट्ठासहित एक भारतीय नागरिकलाई भद्रपुरबाट पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल, दार्जिलिङ डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगरनजिकैबाट पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीले पश्चिम बंगाल र नागाल्यान्ड ‘स्टेट’ कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ ।


  •  
  •  
  •