पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

130
  •  
  •  
  •  

रुपन्देही । रुपन्देही प्रहरीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक थान पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मानसर लखनउ उत्तर प्रदेशसका का ५० वर्षीय उमेश शुक्ला रहेका छन् । प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो । उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन भने सकेका छैनन् । पक्राउ परेका शुक्लाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।


  •  
  •  
  •