एक लाख घूससहित इञ्जिनीयर पक्राउ

206
  •  
  •  
  •  

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले श्रेष्ठलाई बिहीबार बिहान घूससहित रंगेहात पक्राउ गरेको हो ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घूस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोग कर्मचारी महेश आचार्यले बताए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घूससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनको थप अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •