पेस्तोलसहित भारतीय नागरिक पक्राउ

78
  •  
  •  
  •  

मोरङ । मोरङको विराटनगर महानगरपालिका–९ बाट पेस्तोलसहित एक भारतीय पक्राउ परेका छन् ।  भारतको सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

फाइल तस्बिर

सिंहको साथबाट कटुवा र चाइनिज गरेर दुईवटा पेस्तोल र दुवैमा लोड हुने चार÷चार राउण्ड गोली बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

भारतीय नागरिक विराटनगरको एक गेष्ट हाउसमा बसेका छन भन्ने गोप्य सुचनाका आधारमा छापा मार्दा उनलाई हतियारसहित नियन्त्रणमा लिन सफल भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

गेष्ट हाउसमा दुई जना बसेका भएपनि सिंहसँगै बसेका अर्का व्यक्ति भने त्यहाँ नभेटिएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य तिब्र बनाइएको डीएसपी श्रेष्ठले बताए । गेस्ट हाउसमा नभेटिएका व्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ ।


  •  
  •  
  •