ब्राउन सुगरसहित पक्राउ

193
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले काठमाडौंको एक होटलबाट दुई सय ७५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–६ का ४० वर्षीय गोपाल बुढाथोकी रहेका छन् ।

उनलाई काठमाडौंको मित्रनगरस्थित दाङ–स्वर्गद्धारी गेष्ट हाउसबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।  गेष्ट हाउसमा जाँच गर्ने क्रममा कोठा नम्बर १०४ मा बसेका बुढाथोकीलाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •