घुस लिँदालिँदै पक्राउ

225
  •  
  •  
  •  

भक्तपुर, २८ मंसिर (ओएनएस) : जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा बिहीबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोली त्यहाँ पुगेको थियो ।


  •  
  •  
  •