लागूऔषधसहित आठजनालाई पक्राउ

314
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ(ओएनएस) : काठमाडौं नागढुंगाबाट प्रहरीले लागूऔषधसहित आठजनालाई पक्राउ गरेको छ ।
विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका–३२ काअक्लेस दास थारु, गौरी शंकर ठाकुर, काठमाडौं मुलपानी बस्ने जयकिशोर ठाकुर, कैलाली धनगढी उपमहानगरपालिका–४ का किरण लामा, विराटनगर–१८ आनन्द गिरी र प्रकाश यादवलगायत रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्राभेट–१४४० ट्याबलेट, नुफिन ९९ एम्पल, डाईजेल्याब ९८ एम्पल र फेनारगन ९६ एम्पल र लागूऔषध खैरो हेरोईन ४.१९ ग्राम बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •