चरेशसहित तीन जना नियन्त्रणमा

213
  •  
  •  
  •  

काठमाडौं, ८ जेठ –ओएनएस) : काठमाडौंको बलम्बु क्षेत्रबाट प्रहरीले १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

लागूऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मंगलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ । पक्राउ पर्नेमा एक महिला समेत रहेकी छन् ।

यसैबीच गोंगबुबाट सालकको खबटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई सालकको खबटासहित पक्राउ गरेको हो ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित गौतमकुमार विकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डुु कुमारसहित सात जनालाई मंगलबार राति एक लाख ४९ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ ।


  •  
  •  
  •