दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने पक्राउ

947
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ(ओएनएस) : दश लाख रुपैयाँ दिए प्रधानमन्त्री केपीशर्मा ओलीलाई मारिदिन्छु भनेर सामाजिक सञ्जालमा टिप्पणी गर्ने एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला’ भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसमा ‘दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने’ भन्दै प्रतिक्रिया दिएका थिए ।

पक्राउ परेका थापालाई साइबर अपराध मुद्दाअन्र्तगत कारबाही गर्ने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •