कोरिया भाषा परीक्षा दिने १३ जना नक्कली परीक्षार्थी पक्राउ

383
  •  
  •  
  •  

ललितपुर, ११ असोज (ओएनएस): ललितपुरमा कोरिया भाषा परीक्षा दिने १३ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् ।

कोरिया जानका लागि  बैदेशिक रोजगार विभाग इपीएस कोरीया शाखा ग्वार्को ललितपुरले शनिबार सञ्चालन गरेको कोरिया भाषा परिक्षामा अर्को व्यक्तिको परीक्षा दिईरहेका एक महिला र १२ पुरुष पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिए ।

रेडियन्ट रिर्डस एकेडेमी स्कूल सानेपाबाट ३ पुरुष, लिटिल एन्जल स्कुल हात्तिवनबाट १ महिला र ४ पुरुष, लिटिल एन्जल कलेज हत्तिबनबाट पाँच जना पुरुष पक्राउ परेको गिरीको भनाई छ । पक्राउ परेका व्यक्तिलाई थप कारवाही र अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


  •  
  •  
  •