श्रीलंकाली क्रिकेटरलाई मुस्लीम बन्न सुझाव दिएपछि विवाद

60
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (एजेन्सी) : श्रीलंकामा हालै सम्पन्न श्रीलंका–पाकिस्तानबीचको एकदिवसीय क्रिकेट खेलका क्रममा पाकिस्तानी खेलाडीले श्रीलंकाका स्टार ब्याट्सम्यान तिलरत्ने दिलसानलाई मुस्लीम बन्न आग्रह गरेको खेलासा भएको छ । श्रीलंकाले जितेको सो खेलका क्रममा पाकिस्तानी खेलाडी अहमद शाहजादले दिलसानलाई मुस्लीम बन्न सल्लाह दिएको भिडियो फेला परेको हो ।

शाहजादले दिलसानलाई मुस्लीम बने सिधै जन्नतमा जान पाइने बताएका थिए । तर दिलसानले सो भनाईमा कुनै प्रतिक्रिया नदिएके बताइएको छ । दिलसान मुस्लीम बाबु र बौद्ध आमाका छोरा हुन् । बचपनमा दिलसानको नाम मुस्लीमै थियो । पछिमात्र दिलसाले आफ्नो नाम बदलेका हुन । उनले सिंहाली बौद्ध धर्म मान्दै आएका छन् । पछिल्लो विवादबारे श्रीलंका क्रिकेट बोर्डले कुनै उजुरी नदिएको पाकिस्तन क्रिकेट बोर्डले जनाएको छ । केही पहिला इंग्ल्यान्ड खेलाडी मोइन अलिले पनि मुस्लीम धर्म झल्किने हातमा पट्टी बाँधेर खेलेपछि विवाद भएको थियो ।


  •  
  •  
  •