पाकिस्तानी सेनाको अभियानमा २५ आतंकवादी मारिए

157
  •  
  •  
  •  

army of pakistanकाठमाडौ, २२ माघ(एजेन्सी) : पाकिस्तानमा सेनाले आतंकवादीविरूद्ध गरेको अभियानका क्रममा २५ आतंकवादी मारिएका छन् । पाकिस्तानको वजीरिस्तान र खबर काबयली एजेन्सीहरूमा सेनाको तर्फबाट गरिएको अभियानका क्रममा २५ जना मारिएको समाचारहरुमा जनाइएको छ ।

सेनाले चलाएको उक्त अभियानका क्रममा आतंकीहरूको ७ वटा आश्रयस्थल समेत नष्ट गरिदिएका छन् ।

पाकिस्तानको एक प्रतिवेदनका अनुसार इन्टर सर्विसेज पव्लिक रिलेसन्स(आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै सेनाको तर्फबाट सञ्चालन गरिएको अभियान बुधबार दक्षिणी वजीरिस्तान र खबर एजेन्सीको घाँटीमा चलाइएको थियो ।

पाकिस्तानको सेनाले अफगानिस्तानको सीमासँग जोडिएको फश्चिमोत्तर कबायली क्षेत्रमा सन् २०१४ मा विदेशी स्थानीय आतंकवादीविरूद्ध अभियान सुरू गरेको थियो । यो अभियान कराँचीमा देशको सबैभन्दा धेरै व्यस्त हुने विमानस्थलमा आतंकवादी हमला भएपछि सुरू गरिएको थियो ।


  •  
  •  
  •