काठमाडौ, १५ माघ(एजेन्सी) : आतंकी संगठन इस्लामिक स्टेटलाई पाकिस्तानमा आफ्नो गतिविधी सञ्चालन गर्नका लागि अमेरिकाले पैसा दिइरहेको छ । पाकिस्तानमा इस्लामिक स्टेटका कमाण्डर स्टेट कमाण्डर यूसुफ अल सलाफीले जासुसी संस्थाको सोधपुछमा यो जानकारी दिएका हुन् । अल सलाफी र उसका दुई साथीलाई गत २२ जनवरीलाई लाहोरबाट पक्राउ गरिएको थियो । तर, इस्लामिक स्टेटलाई अमेरिकाको कुन संस्था या कुन ठाऊँबाट यसरी लगानी भइरहेको छ भन्नेबारे केही बताइएको छैन् ।
स्रोतहरूका अनुसार एक उर्दू पत्रिका डेली एक्सप्रेसलाई जासुसी संस्थाले बताए, ‘जाँचका क्रममा यूसुफ अल सलाफीले इस्लामिक स्टेटमा जिहादीहरूको भर्तीका लागि उनीहरूलाई अमेरिकामार्पत पैसा पुग्ने गर्छ ।’ पत्रिकाले अल सलाफीलाई गत वर्ष पनि पक्राउ गरिएको दावी गरिएको छ ।
एक स्रोतलाई उदृत गर्दै एक अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ, ‘एक तर्फ अमेरिका इस्लामिक स्टेटको विरोध गर्छ, यस्तै, यस्ता संगठनहरूलाई पैसा पनि उपलब्ध गर्ने गर्छ । केही ठूला आतंकी संगठनहरूले पाउने पैसा अमेरिकामार्फत पुग्ने गर्छ । अमेरिका आतंकवादीहरूलाई सहयोग गरिरहेको यस्तो छवीबाट बाहिर निक्लिनु पर्छ । अमेरिकाले इराकजस्तै गरी सीरियामा आतंकवाद विरोधी अभीयान किन चलाएको छैन् ।’
सञ्चारमाध्यममा प्रकाशित प्रतिवेदनका अनुसार अल सलाफी पाकिस्तान मूलका सिरियाली नागरिक हुन्, उनी पाँच महिना पहिले टर्की हुँदै पाकिस्तान आएका थिए । उनले पाकिस्तानमा बसेर इस्लामिक स्टेटका लागि जिहादीहरू भर्ती गर्ने काम गर्दै आएका थिए ।
पछिल्लो केही महिनामा पाकिस्तानमा इस्लामिक स्टेटको प्रभाव निकै बढेको छ । स्थानीय सञ्चारमाध्यमहरूको प्रतिवेदन अनुसार लाहोर र मुल्तानको केही क्षेत्रमा इस्लामिक स्टेटको झण्डा र पोष्टर पनि देखिएका थिए । यता पाकिस्तानी अधिकारीहरुका अनुसार स्थानीय आतंकी संगठनहरूको सामुन्ने इस्लामिक स्टेट मौलाउन निकै गाह्रो हुने बताएका छन् ।