पाकिस्तानी प्रहरीको कारवाहिमा १३ तालिवानको मृत्यु

540
  •  
  •  
  •  

काठमाडौं, ८ पुस (ओएनएस)  : पाकिस्तानको कराँचीमा प्रहरीको कारबाहीमा १३ जना मृत्यु भएको छ । मृतकहरु विद्रोही भएको प्रहरीले दावी गरे पनि यसको स्वतन्त्र पुष्टि भएको छैन ।

सोमबार बेलुकी भएको कारबाहीमा आत्मघाती आक्रमणका लागि आएका चरमपन्थी मारिएका हुन । १ जनालाई भने पक्राउ गरिएको छ । मृत्यु भएकाहरु तालिवान खान जमान समूहका रहेको कराँचीका वरिष्ठ प्रहरी अधिकृतले बताएका छन् ।

पाकिस्तानमा गत हप्ता सैनिक विद्यालयमा भएको आक्रमणपछि त्यहाँ आतंकवादविरुद्धको कारबाही कडा पारिएको छ ।

यता नाइजेरियामा एउटा सार्वजनिक स्थानमा भएको बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गोंवे सहरमा यात्रुबाहक बसलाई निशाना बनाएर बम विस्फोट गराइएको नाइजेरियाको प्रहरीले जनाएको छ । दुई महिनापछि नाइजेरिया हुने निर्वाचनको मिति नजिकिदै गर्दा आक्रमणको घट्ना बढ्दै गएको छ ।


  •  
  •  
  •