पाकिस्तानद्धारा मिसाइलको सफल परिक्षण

99
  •  
  •  
  •  

pak-test-fires-short-range-missileकाठमाडौ, १० असोज(एजेन्सी) : पाकिस्तानले शुक्रबार छोटो दूरीको मिसाइल हत्फ-९ को सफल परिक्षण गरेको छ । ६० किलोमिटरसम्म मार हान्न सक्ने हल्फ-९ मिसाइल भारतको केही क्षेत्रमा हमला गर्नका लागि सक्षम रहेको बताइएको छ ।

पाकिस्तानी सेनाका अनुसार नस्र नामले समेत चिनिने उक्त मिसाइलको परिक्षणका लागि अत्याधुनिक मल्टी ट्युब लञ्चरबाट प्रक्षेपण गरिएको थियो । सेनाले लञ्चरमार्फत लगातार ४ वटा मिसाइल प्रक्षेपण गरिएको थियो ।

हत्फ-९ निकै राम्रो उडान क्षमता भएको र यसमा प्रतिक्रिया प्रणाली समेत समावेश गरिएको बताइएको छ । मिसाइल अचुक निशाना लगाउन र खतराको स्थितिमा प्रतिरोध गर्नका लागि प्रयोग गर्न सकिने पाकिस्तानी सञ्चारमाध्मयहरूले जनाएका छन् । यो मिसाइल शत्रुबाट गरिएको हमलाको जवाफ दिनुका साथै शक्ति सन्तुलन बनाई राख्न समेत मद्धत गर्छ ।

मिसाइलको प्रशिक्षणको क्षेत्रबाट ‘ज्वाइन्ट चीफ्स अफ स्टाफ कमिटी’ का प्रमुख जनरल रशद महमूदले परिक्षणमा सहभागी वैज्ञानिक तथा इन्जिनियरहरूलाई यसको सफलताको लागि बधाई दिएका छन् । उनले यस परिक्षणमा सहभागी सबै सम्बन्धित मानिसको कलाको सराहाना समेत गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनून हुसेनले पनि मिसाइलको सफल परिक्षणका लागि बधाई दिएका छन् ।


  •  
  •  
  •