अष्ट्रेलियासामू पाकिस्तानको मात्र २ सय १४ रनको विजय लक्ष्य

174
  •  
  •  
  •  

josh hazlewoodकाठमाडौ, ६ चैत(ओएनएस) : विश्वकप क्रिकेटको तेस्रो क्वाटरफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियासामू २ सय १४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । आज एडिलेड ओभलमा भएको खेलमा पनि पाकिस्तानले गुमाएको आफ्नो लयलाई कायमै राख्दै निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय १३ रन मात्र जोड्न सफल भयो ।

पाकिस्तानका लागि र्यान ह्यारिसले सर्वाधिक ४१ रन जोडेका थिए भने कप्तान मिसबाह उल हकले ३४ रन, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन जोडेका थिए ।

पाकिस्तानलाई उक्त झीनो स्कोरमा रोक्नका लागि हेजलवुडले ४ विकेट लिएका थिए । यस्तै मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान २-२ विकेट र मिचेल जोनसन र जेम्स फल्कनरले समान १-१ विकेट लिएका थिए ।

केहीबेरमा पाकिस्तानले जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •