पाकिस्तानद्वारा नेपाललाई ३ सय २७ रनको विजय लक्ष्य

192
  •  
  •  
  •  

Nepal-vs-Pakistanकाठमाडौँ, २२ कात्तिक(ओएनएस) : नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण खेलमा पाकिस्तानले नेपाललाई ३ सय २७ रनको बिशाल विजय लक्ष्य लिएको छ । युएईको शेख जायद स्टेडियममा भइरहेको खेलमा पाकिस्तानले निर्धारित ५० ओभर खेल्दै आफ्ना ६ विकेट गुमाएर ३ सय २६ रन जोडेको छ ।

पाकिस्तानलाई उक्त स्कोरसम्म पुर्‍याउनका लागि कप्तान अजहर अलीले सर्वाधिक ७३ रन जोडेका थिए भने सोयब मल्लिकले रिटायर्ड हर्ट आउट हुनुअघि ६३ रन, मोहम्मद हफिजले ४९ रन, युनिस खानले ३८ रन, अहमद शेजादले ३५ रन, बाबर अजामले अविजित रहँदै ४३ रन जोडेका थिए ।

नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र कप्तान पारस खड्काले समान १-१ विकेट लिएका थिए भने पाकिस्तानका दुई ब्याट्सम्यान रिटायर्ड आउट भएका थिए । बलिङमा सोमपाल कामी र बसन्त रेग्मीले १-१ मेडन समेत लिएका थिए ।

नेपालले केहीबेरमा ब्याटिङ सुरू गर्नेछ ।


  •  
  •  
  •