क्वाटरफाइनलबाटै बाहिरिने तेस्रो दक्षिण एसियाली टोली बन्यो पाकिस्तान

162
  •  
  •  
  •  

काठमाडौ, ६ चैत(ओएनएस) : विश्वकप क्रिकेटको तेस्रो क्वाटरफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई सहजै पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तान क्वाटरफानलबाटै बाहिरिएपछि क्वाटरफाइनलमा पुगेका ४ मध्ये ३ दक्षिण एसियाली टोली विश्वकपको साबेदारीबाट बाहिरिएका छन् । यसअघि श्रीलंका र बंगलादेश पनि बाहिरिएका थिए भने दक्षिण एसियाली टोलीमा भारतमात्र सेमिफाइनलमा पुग्न सफल भएको छ ।

आज एडिलेड ओभलमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको २ सय १४ रनको झीनो लक्ष्य मात्र ३३ ओभर ५ बल खेल्दै पुरा गरेको थियो । अष्ट्रेलियालाई सेमिफाइनल प्रवेश गराउनका लागि शेन वाटसनले अविजित ६४ रन जोडेका थिए भने वाटशनसँग ६८ रनको साझेदारी गरेका ग्लेन म्याक्सवेलले आक्रामक पारी खेल्दै ४४ रन जोडेका थिए ।

यस्तै, स्टिभन स्मिथले ६५ रन र डेभिड वार्नरले २४ रन जोडेका थिए । पाकिस्तानका तर्फबाट वेहाव रियाजले २ विकेट लिएका थिए भने इशान अदिल र सोहिल खानले समान १-१ विकेट लिएका थिए ।  यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले गुमाएको आफ्नो लयलाई कायमै राख्दै निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय १३ रन मात्र जोड्न सफल भयो ।

पाकिस्तानका लागि र्यान ह्यारिसले सर्वाधिक ४१ रन जोडेका थिए भने कप्तान मिसबाह उल हकले ३४ रन, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन जोडेका थिए । पाकिस्तानलाई उक्त झीनो स्कोरमा रोक्नका लागि हेजलवुडले ४ विकेट लिएका थिए । यस्तै मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान २-२ विकेट र मिचेल जोनसन र जेम्स फल्कनरले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच हेजलवुड घोषित भएका छन् ।


  •  
  •  
  •