पेशावर हमलाका मुख्य योजनाकार सद्दाम मारिए

226
  •  
  •  
  •  

peshawar-in-pain4काठमाडौ, १२ पुस(एजेन्सी) : पेशावरको सैनिक विद्यालयमा गत डिसेम्बर १६ मा भएको हमलाका मुख्य योजनाकार एक कमाण्डरको सुरक्षाकर्मीले कैबर एजेन्सीमा बिहिबार मारेका छन् । ती आतंककारी कमाण्डरको सद्दाम थियो । समाचारहरुमा जनाइए अनुसार सैनिक विद्यालमा विद्यार्थीहरूमाथि भएको हमलाका मुख्य योजनाकार उनी नै थिए ।

सद्दाम तहरिक-ए-तालिबान पाकिस्तानका आतंकवादी थिए र जमरूद क्षेत्रमा पाकिस्तानी सेनाको अपरेशनका क्रममा उनी मारिएका हुन् । समाचारहरूका अनुसार सद्दाम सन् २०१३ मा पोलियो टोलीमाथि हमलाको योजना बनाउने व्यक्ति पनि भएको बताइएको छ । उक्त घटनामा ११ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

पेशावरमा गरिएको एक पत्रकार सम्मेलनका क्रममा सद्दाम बिहिबार राती जमरूद क्षेत्रमा मारिएको बताइएको थियो । यस क्रममा उनका एक साथीलाई पक्राउ गरिएको छ । ती साथीका अनुसार तहरिक-ए-तालिवान(टीटीपी) को तारिक जदार समूहको मुख्य सामरिक कमाण्डर सद्दामले तालिबानी बन्दुकधारीहरूलाई सैनिक विद्यालयमा हमलाका लागि सहयोग गरेका थिए ।

उक्त हमलामा १ सय ३२ विद्यार्थीसहित १ सय ४८ जनाको ज्यान गएको थियो । अधिकारीहरूका अनुसार सद्दाममाथी कबायलीहरूको हत्याको आरोप पनि थियो । अक्टुबर महिनामा सुरू गरिएको ‘अपरेशन खैवर वन’ अन्य क्षेत्रमा पनि सुरू गरिएको छ र आतंकवादीहरू मारिरहेका छन् ।


  •  
  •  
  •