पाकिस्तानमा १७ कैदीलाई फाँसीको सजाय

190
  •  
  •  
  •  

Pakistan-flagकाठमाडौ, ९ बैशाख(एजेन्सी) : पाकिस्तानको पञ्जाब एवम् बचूचिस्तान प्रान्तमा मंगलबार फरक-फरक जेलमा रहेका १७ जना कैदीलाई फाँसी दिइएको छ । फाँसीको सजाय हटाएपछि पनि सर्वाधिक संख्यामा कैदीहरूलाई फाँसी दिइएको हो ।

गुजारावाला केन्द्रीय कारागारमा रहेका तीन कैदी, मुल्ताल केन्द्रीय कारागारमा रहेका एक कैदी र मच्छ कारागारमा दुई कैदीलाई फाँसी दिइएको छ । फैसलावाद केन्द्रीय कारागारमा तीन कैदीलाई फाँसी दिइएको छ, यसमा दुई जना १९९८ मा तीन व्यक्तिको हत्याको दोषी रहेका छन् । यस्तै, अर्का व्यक्ति सन् २००४ मा सात मानिसको हत्याका दोषी थिए ।

सियालकोट जिल्ला कारागारमा एक युवतीको यौन उत्पिडनको मुद्धामा १९९९ मा दोषी ठहराइएको र २ लाई फाँसी दिइएको हो । समाचार संस्था च्यानल जियो न्युजका अनुसार दुई कैदीलाई लाहोर केन्द्रीय कारागारमा फाँसी दिइएको थियो ।

साहीवाल केन्द्रीय कारागारमा एक कैदीलाई फाँसी दिइएको छ । यस्तै, गुजरात जिल्लाको एक जेलमा एक कैदीलाई फाँसी दिइएको छ । पाकिस्तानले १० मार्चमा देशमा फाँसीको सजायमा प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तानले गत वर्ष १६ डिसेम्बरमा एक सैन्य विद्यालयमा भएको आतंकवादी हमलापछि आतंकवादसँग जोडिएका घटनामा मृत्युदण्डको सजायको प्रतिबन्ध हटाइएको थियो, जसमा १ सय ५० जनाले ज्यान गुमाएका थिए । तर, अब सबै ठूला अपराधिक घटनामा मृत्युदण्डमाथि लागेको रोक हटाइएको छ ।


  •  
  •  
  •