ब्याट शर्टमा लुकाउँदा पाकिस्तानी क्रिकेटर आतंकवादी घोषित

269
  •  
  •  
  •  

asim abbasiकाठमाडौ, १० मंसिर(एजन्सी) : बेल्जियम बस्दै आएका पाकिस्तानका क्रिकेटर असीम अब्बासी र उनका परिवारलाई बेल्जियमले देश निकाला गरेको छ । क्रिकेटर अब्बासीलाई सार्वजनिक सवारी यातायातमा क्रिकेट ब्याट लिएर हिडेको आरोपमा उनलाई आतंकवादी घोषित गर्दै बेल्जियमले देश निकाला गरेको हो ।

बेल्जियमको ब्रसेल्सस्थित एक म्युजियममा आतंकवादी घटना भएपछि बेल्जियममा निकै कडा नियम लागु गरिएको छ ।

जब अब्बासीले आफ्नो तस्विर एक स्थानीय अखबारमा देखे, तब उनी प्रहरीसामु पुगेर उनीहरुलाई आफूसँग कुनै हतियार नभएको बताएका थिए । उनेल प्रहरीलाई भने, ‘म कुनै आतंकवादी होइन, म ब्याट लिएर नियमित अभ्यासका लागि जाँदै थिएँ ।’ उनले आफूले क्रिकेट अभ्यास गर्नका लागि जाँदै गरेको भन्दै पानी परेकाले ब्याट खराब हुन नदिन आफ्नो स्विटरले उक्त ब्याट छोपेको बताएका थिए ।

तर, प्रहरीले उनको भनाई सुनेन । उनले यता प्रहरीसँग कुरा गरिरहँदा उनका परिवारलाई बेल्जियमबाट निस्कासित गरिँदै थियो । ब्रसेल्समा रहेको पाकिस्तानी एम्बेसीले उनका पितालाई देशको प्रतिष्ठा खराब गरेको भन्दै जागिरबाट समेत निकालिदिएको छ । अब्बासीले भने, ‘हामीलाई एम्बेसीबाट फोन आयो र हाम्रो पासपोर्स मागियो । अब हामी बेल्जियम रहनेछैनौ । मेरो पढाई बिग्रियो, मैले सबै कुरा गुमाए ।’


  •  
  •  
  •