विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा, गुल आउट

168
  •  
  •  
  •  

Team pakistanकाठमाडौ, २३ पुस(एजेन्सी) : पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी)ले आज अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने सन् २०१५ को विश्वकपका लागि आफ्नो टोलीको घोषणा गरेको छ ।

पिसिबीले आज घोषणा गरेको १५ सदस्यीय टोलीमा तिव्र गतिका बलर उमर गुल भने अटाउन सकेका छैनन् भने सोहिल खान टोलीमा परेका छन् ।

टोलीमा अहेमद शेहजाद, मोहम्मद हफिज, सरफ्राज अहमद, युनिस खान, हरिस सोहिल, मिसबाह उल हक, उमर अकमल, शोयव मल्लिक, शाहिद अफ्रिदी, यासिर शाह, मोहम्मद इरफान, जुनेद खान, इहसान अदिल, सोहिल खान र वेहाव रियाज रहेका छन् ।


  •  
  •  
  •