भारतसँग पाकिस्तानको विश्वकपमा अर्को पराजय

279
  •  
  •  
  •  

काठमाडौँ, ७ चैत(ओएनएस) : गयराती सम्पन्न टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पुन: स्तब्ध पारेको छ । कोलकोतामा भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानसँग विश्वकपमा खेलेका खेलहरूमा सबैमा विजय हासिल गरेको छ । अहिलेसम्म विश्वकपमा भएका सम्पूर्ण खेलमा पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन् ।

गयराती सम्पन्न खेलमा १ सय १९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित १८ ओभरको खेलमा १३ बल बाँकी रहँदा उक्त लक्ष्य भेट्टाएको थियो । भारतका लागि विराट कोह्लीले उत्कृत्ट पारी खेलेका थिए । उनले अविजित ५५ रन जोड्दै भारतको जितलाई सुनिश्चित गरेका थिए । यस्तै, युवराज सिंहले २४ रन, महेन्द्र सिंह धोनीले अविजित १३ रन जोडेका थिए । पाकिस्तानका लागि मोहम्मउ सामीले २ विकेट तथा मोहम्मद आमिर र वहाव रियाजले समान १-१ विकेट हासिल गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा आफ्ना ५ विकेट गुमाउँदै १ सय १८ रन जोडेको थियो । पाकिस्तानका लागि सोयब मल्लिकले सर्वाधिक २६ रन, अहमद शेहजादले २५ रन, उमर अकमलले २२ रन जोडेका थिए । यता भारतका लागि आशिष नेहरा, जसप्रित बुमराह, रवीन्द्र जडेजा, सुरेश रैना र हार्दिक पाण्डेले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच विराट कोह्ली घोषित भएका छन् ।

भारतले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

आज आइतबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा अफगानिस्तान र साउथ अफ्रिकाबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा वेष्ट इण्डिज र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ ।


  •  
  •  
  •