भारतको गोलाबारी, पाकिस्तान ध्वस्त…(फोटोफिचर)

168
  •  
  •  
  •  

pakistan after indian retaliation2काठमाडौ, २३ असोज (एजेन्सी) : भारत-पाकिस्तानको सीमामा बेला-बेलामा विवाद र झडप हुने गरेको छ । यस्तै, बिहिबार पञ्जावको सियालकोटको सीमामा भारतले जवाफी कारबाही गरेको छ । पाकिस्तान गरिरहेको गोलाबारीको जवाफमा गरेको कारबाहीमा भारतले पाकिस्तानका ४५ वटा चौकी ध्वस्त गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पाकिस्तानका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय सेनाले गरेको गोलाबारीमा सियालकोटमा बिहिबार बिहानन दुई पाकिस्तानीको मृ्त्यु भएको छ । सीमा जारी संघर्षका क्रममा पाकिस्तानमा अहिलेसम्म १७ भन्दा बढि मानिसको मृत्यु भइसकेको छ भने ४३ मानिस घाइते भएका छन् । सियालकोटका मानिसहरू आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

पाकिस्तानले भारतमाथी सीजफायरको उल्लंघनको आरोप लगाइरहेको छ । सीमामा तैनाथ गरिएका रेन्जर्सहरूले भारत सीमामा शान्ति चाहँदैन र यसैका कारण आम नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । यस वर्ष भारतले २१ पटक सीजफायरको उल्लंघन गरेको छ । यता, संयुक्त राष्ट्र संघका दलले प्रभावित क्षेत्रमा निरिक्षण गर्ने निर्णय गरेको छ ।

 

pakistan after indian retaliation pakistan after indian retaliation1 pakistan after indian retaliation3 pakistan after indian retaliation5 pakistan after indian retaliation4


  •  
  •  
  •