पाकिस्तानको एक धार्मिक स्थलबाहिर विस्फोट, कम्तीमा आठ जनाको मृत्यु

287
  •  
  •  
  •  

एजेन्सी : पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर बम विस्फोट भएको छ । विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

घटनामा प्रहरीसहित धेरै व्यक्ति घाइतेको भएको हुन सक्ने आशंका गरिएको छ ।
अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्।

विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको हो । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवरी लिएको छैन ।


  •  
  •  
  •