आत्मघाती बम हमलामा कम्तिमा ६९ जनाको मृत्यु

217
  •  
  •  
  •  

काठमाडौं ( एजेन्सी) : पाकिस्तानको लाहोरमा एक आत्मघाती बम हमलामा कम्तिमा ६९ जनाको मृत्यु भएको छ । तीन सयजना भन्दाबढी घाइते भएका छन्। लाहोरको गुलशन ए इकबल पार्कमा हमला भएको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
प्रत्यक्षदर्शीले यो आत्मघाती हमला भएको बताएका छन्। हमलाकारीले कम्मरको पेटीमा करिब १० केजीको बिस्फोटक पदार्थ बाँधेर आत्मघाती हमला गरेका बताइएको छ।paki

आइतबार पार्कमा उल्लेख्य भिड थियो। भिड रोजेर हमलाकारीले बिस्फोट गराएको पाकिस्तानका स्थानीय संचार माध्यमले जनाएका छन्। सुरक्षाकर्मीले घटनास्थल कब्जामा लिएर उद्धारमा जुटेको छ। मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् ।


  •  
  •  
  •