झाडापखलाबाट ५० भन्दा बढी बिरामी

283
  •  
  •  
  •  

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ विन्जेलमा झाडापखालाको महामारी फैलिँदा एकै गाउँका ५० बढी बिरामी भएका छन् ।

गाउँपालिका अध्यक्ष केदार क्षेत्रीका अनुसार केहीको स्थिति गम्भीर रहेको छ ।  बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

अस्पतालको एउटै शय्यामा तीनजनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले बताए ।
बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाहमा भोज खाएपछि यो महामारी फैलिएको हो ।

विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले बताए ।

गम्भीर बिरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ ।


  •  
  •  
  •